आज सार्वजनिक बिदा:गुरुङ समुदायमा ‘तमु ल्हाेसार’, पश्चिम नेपालमा ‘पुसे १५’

काठमाडौं। गुरुङ समुदायले आज बिहीबार‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । याे पर्वलाई नयाँ वर्षकाे आगमनका रुपमा मनाइन्छ ।

जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाे छ ।

याे पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत हुन् ।

१५ पुसको रात सबैभन्दा लामो हुने जनविश्वास छ । यसपछिका रात घट्दै जाने गर्छ ।

तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

पश्चिम नेपालमा पुसे १५

वर्षकाे सबैभन्दा लामाे रात मानिने १५ पुसलाई पश्चिम नेपालकाे पहाडी जिल्लामा पुसे १५का रुपमा मनाइन्छ । याे पर्वमा एकआपसमा कथा, दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरिन्छ । यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५’का रूपमा चिनिन्छ ।

१५ पुसकाे रातिको समयमा एक ठाउँमा भेला भएर गरिने आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेष गरी चामलको पिठोबाट बनेको ढुकढुके रोटी, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ ।

१५ गते बेलुकी प्रत्येकको घरमा ढुकढुके रोटी पकाइन्छ । टोलटोलमा समेत सामूहिक रूपमा पनि रोटी पकाउने तथा रातभर रोटी खाएर वृद्धवृद्धाबाट लोककथा, गाउँखाने कथा सुन्ने सुनाउने प्रचलन छ ।

पर्वमा विवाहिता छोरीलाई पनि घरमा आमन्त्रण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..