नियन्त्रीत लागुऔषध सहित ४ जना पक्राउ


बिराटनगर । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट मंगलवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ६ बजेको समयमा शिवसताक्षी नगरपालिका-११ बाट ३ जनालाई नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्थानीय २१ बर्षिय सौरभ कडरिया, २२ बर्षिय निशान न्यौपाने र याशोक गाउँपालिका-२ पाँचथर घर भई सोही स्थानमा बस्दै आएका २८ बर्षीय प्रकाश खड्का रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद सात हजार बरामद गरेको छ ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका-६ बाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । मंगलवार राती ९ बजेको समयमा CRV POST केशलिया मार्गबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-८ का ३८ बर्षिय अम्बर बहादुर गदाललाई लागुऔषध लुपिजेसिक ३२ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरेहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..