चोरीमा संलग्न २ जना समान सहित पक्राउ


सुनसरी । सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ-५ का १८ बर्षिय प्रवेज आलम र २१ बर्षिय सुरज भुजेल रहेका छन ।


पव्लिक स्कुलको कोठाबाट कम्प्युटरको CPU थान ३, LCD थान ३, प्रोजेटर मिसिन थान १ र पानी तान्ने मोटर थान २ चोरी भएको थियो ।चोरी भएको सुचना प्राप्तहुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा निजहरुको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त समानहरु बरामद गरिएको हो ।

दुवै जनाले राती २ बजे हयाक्सो ब्लेडले स्कुलको ढोकाको चाभी काटी उक्त समानहरु चोरी गरका थिए ।
बरामद भएको समान सहित चोरीमा समलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..