सिमावर्ति क्षेत्रमा सुरक्षा ब्यवस्था मजवुद बनाउन- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्देशन


बिराटनगर । सिमावर्ति क्षेत्रमा बिशेष निगरानी बढाई प्रहरी परिचालन गरी सुरक्षा ब्यवस्था मजवुद बनाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले झापा जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी कार्मचारीहरुलाई निर्देशन दिनु भयो ।

दिउँसो जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमणको क्रममा प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु हुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो । खुल्ला सिमानाको कारण जिल्लामा हुने बिभिन्न अपराधिक गतिविधिहरुलाई निस्तेज गर्न अहोरात्र प्रहरी तैनाथ रहनु पर्ने बताउनु भयो ।

खुल्ला सिमाको कारणबाट हुने अपहरण, विस्फोटक पदार्थको ओसारपसार, मानव बेचबिखन, साना हतियार ओसापसार, जाली नोटको कारोवार, लागूऔषध ओसारपसार, भन्सार छली गरी चोरी निकासी जस्ता अपराधिक गतिविधिहरु जिल्लामा हुन गर्न नपाउने गरी कडा सुरक्षा ब्यवस्था मिलाई प्रहरी परिचालन गर्न निर्देशन दिनु भयो ।

निर्देशनकै क्रममा वहाले सम्पुर्ण प्रहरी कर्मचारीहरुले प्रहरी आचार संहिताको पुर्णरुपमा पालना गर्न, शुन्य सहनशिलताको निति अपनाउन र आमनागरिक तथा सेवाग्राहीहरुलाई बिनम्रताका साथ सभ्य र शिष्ट बोलीवचन प्रयोग गरी बिना झंझट प्रहरी सेवा प्रदान गरी प्रहरी संगठन र कार्यरत कार्यालयको गरिमा बढाउने गरी उच्च नैतिकताका साथ आफ्नो जिम्वेवारी वहन गर्न समेत निर्देशन दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..