माओवादीको आठौं महाधिवेशन समाजवाद केन्द्रित : मन्त्री भुसाल

काठमाडौं । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं ऊजा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले पार्टीको आठौं महाधिवेशन नेपाललाई समाजवादतर्फ उन्मुख कसरी गर्ने भन्नेमा केन्द्रित हुने बताएकी छन् ।

आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सुरु भएको महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले अधिवेशनको मुख्य एजेन्डा समाजवादतर्फ कसरी जान सकिन्छ भन्ने रहेको बताइन् ।

उनले भनिन्, ‘नेपाली समाजलाई रुपान्तरण गरेर समाजवादतर्फ कसरी जान सकिन्छ भनेर विगत र वर्तमानबारे महाधिशेवशनमा समीक्षा गरिनेछ । र, महाधिवेशनको मुख्य केन्द्र यहीँ नै हो ।’

सुरूमा राष्ट्रिय सम्मेलन भनिएपनि वडा, पालिका र प्रदेश सम्मेलनबाट प्रतिनिधि चयन भएपछि र यसबारे समग्र छलफल गर्दा महाधिवेशन गरिएको उनले बताइन् ।

महान जनयुद्ध, विस्तृत शान्ति सम्झौता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीकै अग्रणी भूमिका रहेको पनि उनले बताइन् । जनयुद्ध हुन्छ भन्नेमा कसैलाई विश्वास नभए पनि वस्तुगत एजेन्डा भएकै कारण माओवादीले १० वर्षे जनयुद्धबाट महान उपलब्धि गरेको पनि मन्त्री भुसालले धारणा व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..