बाराको कलैयाबाट स्रोत नखुलेको रु १६ लाखसहित भारतीय नागरिक पक्राउ

बागमती । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतको विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत बेदर्वा–५ बस्ने ३० वर्षीय रङ्गदेश कुशवाहालाई सो रकमसहित हिजो नियन्त्रणमा लिएको थियो ।

स्रोत नखुलेका नगद अवैधरुपमा नेपालतर्फ ल्याउँदै पक्राउ परेका कुशवाहालाई आज सार्वजनिक गरिएको हो । विआर २२ एन ५०१४ भारतीय नम्बरको मोटरसाइकलमा आएको कुशवाहाले हेलमेट तथा पाइन्टको गोजीमा लुकाएको अवस्थामा निजसँग नगद फेला परेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।


निजको साथबाट प्रहरीले एक हजार दरका रु एक हजार ३०० थान र रु ५०० दरका ६०० थान गरी कूल रु १६ लाख फेला परेको र निजमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..