काठमाडौं महानगरको सिइओमा आए लोकनाथ पौड्याल


काठमाडौँ। काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत (सिइओ) लोकनाथ पौड्यालले जिम्मेवारी सम्हालेका छन्। महानगरका तत्कालीन सिइओ राजेश्वर ज्ञवाली तानिएपछि पौडेललाई त्यहाँ ल्याइएको हो। महानगरपालिकाको टेकु कार्यालय भवन निर्माणको ठेक्कामा भष्ट्राचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि ज्ञवाली सामान्य प्रशासन मन्त्रालय तानिएको थियो।

भवन निर्माणका लागि निकालेको बोलपत्रको मूल्यांकन प्रतिवेदन गलत बनाएर योग्यता नै नपुगेको कम्पनीलाई दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो। महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेश बुढाथोकीविरुद्ध मुद्दा दायर गरिएको छ।

पदबहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिक अधिकार सुनिश्चत गर्नु पर्ने बताए। उनले पदीय जिम्मेवारी पूरा गर्दै व्यक्तिगत प्रयासबाट समूहको हित हुने काम गर्ने दाबी गरे।

२०५३ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिवमा बढुवा भएका थिए। पौड्यालसँग स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रहेर काम गरेको अनुभव छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..