कैदी फरार प्रकरण : प्रहरीकै मिलोमतोमा भगाएको पुष्टि


दाङ । घोराही कारागारमा जन्मकैद सजाय भोगिरहेका कैदी फरार भएको घटनामा प्रहरीकै संलग्नता रहेको अनुसन्धानका क्रममा खुलेको छ ।

एक प्रहरीजवानसहित अन्य पाँच जनाको मिलोमतोमा कैदी यमराज परियारलाई भगाइएको खुलेपछि डिएसपीको मुकुन्द रिजाललको कमाण्डमा प्रहरी परिचालन गरिएको एसपी सुरेश काफ्लले लाई बताए ।

जिल्ला प्रहरी प्रमुख काफ्लेका अनुसार बिहीवार उपचारका लागि अस्पताल लगिएको अवस्थामा प्रहरीकै मोटरसाइकल लिएर फारर भएको घटनामा संलग्न प्रहरीजवानसहित तीन जनालाई पक्राउ गरिएको छ ।

बाँकी दुई जनाको भने खोजी कार्य भइरहेको प्रहरी प्रमुख काफ्लले बताए । प्रहरी जवान चौधरीलाई हिजो नै हिरासतमा राखिएको थियो । आज थप दुई जनालाई पक्राउ गरिएको छ । उनीहरुको नाम भने खुलाइएको छैन ।

कर्तव्य ज्यान मुुद्धामा २० वर्ष कैद तोकिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यामराज परियार छाला उपचार गर्न बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पुगेको अवस्थामा प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए ।

परियारलाई उपचार गर्न लगेका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प ४१० नम्बरको १५० सीसीको निलो कालो पल्सर मोटरसाइलसहित अस्पतालबाट भागेपछि हिजोदेखि नै प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..