बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ


बिराटनगर । बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी धरान-१३ का ३८ बर्षिय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्मानित उच्च अदालत विराटनगरको मिति २०७६।०१।१६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र रु.४,५०,७६६।०६६/- (चार लाख पचास हजार सात सय छैसठ्ठी रुपैया) जरिवाना भएता पनी हाल सम्म फरार रहदै आएका थापालाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा सम्मानित अदालतबाट कैद भुक्तानको लागी आजै कारागार चलान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..