नक्कली पि.सि.आर. रिपोर्ट बनाउने १ जना पक्राउ


झापा । झापाको मेचिनगर-६ स्थितबाट नक्कली पि.सि.आर. रिपोर्ट बनाउने १ जना पक्राउ परेका छन् । मंगलवार साँझ पौने ५ बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेका राकेश चौहानले देखाएको पि.सि.आर. रिपोर्ट हेर्दा केही शंकास्पद देखीएसंगै अनुसन्धान गर्ने क्रममा नक्कली रिपोर्ट रहेको खुल्न आएको थियो ।

उक्त रिपोटमा मेची अञ्चल अस्पतालको लेटर प्याडमा रिपोर्ट नेगेटिभ लेखिएको पाईएसंगै थप अनुसन्धान गर्ने क्रममा उक्त रिपोर्ट मेचीनगर नगरपालिका-६ मा रहेको Ringji Tours and Travels ले उपलब्ध गराएको खुल्न आएको थियो । नक्कली रिपोर्ट साथमा लिई आएका चौहानको बयानका आधारमा Ringji Tours and Travels का संचालक ३६ बर्षिय पेमा तामाङलाई पक्राउ गरिएको हो ।

तामाङको साथबाट प्रहरीले Acer कम्पनिको ल्यापटप २ थान र EPSON कम्पनिको ल्यापटप १ थान समेत नियन्त्रणमा लिई अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..