एमाले उद्योग विभाग प्रमुखमा दुगड, उप-प्रमुखमा प्रसाईं


काठमाडौं। व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।दुगड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार पनि बनेका थिए ।

१२ असोज २०७१ मा एमाले प्रवेश गरेका दुगडलाई ओलीले ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए ।विभागको उपप्रमुखमा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले जिम्मेवारी पाएका छन् ।

कुनै वेला माओवादी केन्द्र निकट प्रसाईं ७ कात्तिक २०७८ मा एमाले प्रवेश गरेका थिए । उनलाई ओलीले एमाले केन्द्रीय सदस्यमा पनि मनोनित गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..