पार्टीमा पुस्तान्तरण भएको छ : पौडेल


काठमाडौं । नेपाली का‌ंग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदीप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले पार्टीलाई सुदृढ र संगठित बनाइ अघि बढाउन सधैं साथ दिने बताए । नेपाली कांगे्रसमा पुस्तान्तरण भएको भन्दै पौडेलले वैचारिक रुपान्तरणका लागि विजयी पदाधिकारीहरुले नेतृत्व लिने विश्वास आफूले लिएको बताए ।


‘म उहाँहरुलाई सहयोग गर्ने, पार्टीलाई सुदृढ बनाउने, संगठित बनाउने र अगाडि बढाउने कुरामा सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । नेपाली कांगेसमा पुस्तान्तरण भएको छ । अब वैचारिक रुपान्तरणका निम्ति साथीहरुले प्रयास गर्नुहुनेछ नेतृत्व लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु’ उनले भने ।


ेता पौडेलले निर्वाचन परिणामले पार्टीभित्र पुरानो र नयाँ नेतृत्वको समिश्रण गराएको भन्दै पार्टीभित्र आमएकता निर्माण हुने परिस्थिति बन्छ भन्नेमा विश्वस्त भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..