मान्छे हुन् कि भेडा विश्वासै लागिरहेको छैन : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका उम्मेदवार धनराज गुरुङले आफूलाई सभापतिमा पराजित डा. शेखर कोइरालाको हारमा विश्वास नभएको बताएका छन् ।

बुधबार कोइराला समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. शेखर कोइरालाले निष्ठा र विचारको राजनीतिमा निर्वाचन जितेको भन्दै उनले हारमा विश्वास नगरेको बताए ।

उनले यसअघि साहित्यिक रुपमा आफ्नो मन्तव्य प्रस्तुत गरे । उनले भने, ‘पटककै विश्वास छैन, मान्दा पनि मान्दिन । नमान्दा नमान्दै पनि एउटा कुरा अचम्म लागिरहेको छ– बाबु भन्छ, यी भेडा होइनन् तर, छोरो लुकेर सबै भेडा बेचिदिन्छ । अनि पिताजी भन्नुहुन्छ ‘बाबु, राजनीतिमा नैतिकता हुन्छ ।’ तर, छोरो भन्छ– ‘परी आउँदा नैतिकता पनि बेचिदिनुपर्छ बा ।’

सभापतिको निर्वाचनमा महाधिवेशन प्रतिनिधिहरुले विचारभन्दा पनि व्यक्तिलाई हेरेर मतादान गरेकोमा उनले व्यंग्यवाण गरे ।

उनले भने, ‘पिताजीले हुर्काएको गोठभित्र ‘नसकेर पो गोठजस्तो देखिएको हो बाबु, यी सबै मान्छे हुन्, यिनीहरुसँग विवेक छ । तर, छोराहरु भन्छन्, ‘यी कहाँ मान्छे हुन्, यी त सबै भेडा हुन्, सबै बेचिदिनुपर्छ । मलाई विश्वासै लागिरहेको छैन, क्या हो, क्या हो, सपना हो कि विपना।’

विचार र निष्ठाको पक्षमा उभिदा मत केही थोर भई हार भएको छ तर, विचारले हारेको छैन, निष्ठाले जितेको पनि उनले बताए । उनले परिवर्तन एकै रातमा हुँदैन अविरल नदीजस्तै शेखर कोइरालाको नेतृत्व देशभर हिँडिरहने पनि बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..