आजैदेखि मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु भयो : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बनेर पराजित भएका डा. शेखर कोइरालाले आफ्नो राजनीतिक अब यात्रा नयाँ ढंगले सुरु भएको बताएका छन् ।


बुधबार पत्रकार सम्मेलन गर्दै आफूहरु पराजित नभई विजयी भएको बताउँदै आफ्नो राजनीतिक यात्रा नयाँ ढंगले सुरु भएको उनले बताए ।उनले भने, ‘साथीहरु, तपाइहरुले माया दिनुभएको छ । यो मायाले मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्नेछु ।’

यसअघि उनले आफ्नो प्यानलले उठाएका कदमहरुलाई महाधिवेशनको नतिजाले विजयी देखाएको उल्लेख गर्दै पराजित नभई विजयी भएको बताए ।

उनले भने, ‘स्वस्थ प्रतिस्पर्धाबाट विजयी हुनुभएको छ । साढे ५ वर्ष बेथितीको हिसाबले चल्न थाल्यो भने हामी सशक्त रुपले प्रस्तुत हुनेछौँ । निर्वाचन भएपछि कोही जित्छ, कोहीँ हार्छ, यसमा मेरो कुनै कुण्ठा छैन । किनकि पार्टीभित्र कस्ले सपोर्ट गर्नुभयो, भएन त्यो थाहा छैन । तर, नेपाली कांग्रेसलाई माया गर्ने लोकतान्त्रिक साथीहरुले हामीले लिएको कदमलाई विजयी भएको सोच्नुभएको छ र हामी विजयी भएका छौँ भन्ने मलाई लाग्छ ।’

डा. कोइरालाले आजैदेखि कांग्रेस रुपान्तरणमा लाग्ने बचन व्यक्त गरेका छन् । ‘म आजैदेखि कांग्रेसको रुपान्तरणमा लागेको छु । सबैको घरदैलोमा जानेछु, साथीहरु पनि जानहुनेछ । आगामी महाधिवेशनमा सफलता प्राप्त गर्ने विश्वास लिएका छौँ । भागबन्डा, गुटबन्दीमा लाग्दैनौँ । राम्रो काम गर्यौँ भने पक्कै सोचमग्न बनाउनेछौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..