स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. संगीता मिश्रा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. संगीता मिश्राले पाएकी छन् ।समन्वय शाखाको प्रमुख रहेकी डा. मिश्राले बिहीबारदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएकी हुन् ।

‘बिहीबारखि मन्त्रालयको प्रवक्ताको रुपमा काम गर्ने जिम्मेवारी पाएको छु,’ डा. मिश्राले भनिन्, ‘सरकारले दिएको जिम्मेवारीलाई राम्रोसँग बहन गर्ने छु ।’डा. मिश्राले कोभिड–१९ को नयाँ भेरियन्ट (ओम्रिक्रोन) लाई नियन्त्रण तथा रोकथाम लागि केन्द्रित भएर काम गर्ने बताइन् ।

यसअघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक रहेकी मिश्रालाई केही हप्ता अगाडि स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयको समवन्य महाशाखाको प्रमुखमा तानेका थिए ।यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डा. कृष्णप्रसाद पौडेलले अब इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मात्रै हेर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..