कोरोनाको खोप लगाउँदा घूस माग्ने दुई स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं । सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप लगाई दिएबापत घूस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहले हेल्थ असिस्टेन्टमा अध्ययनरत विद्यार्थी कृष्णाकुमार यादवलाई परिचालन गरी सेवाग्राहीसँग रु २० हजार घूस मागेका थिए ।

निःशुल्क रुपमा उपलब्ध हुने कोरोनाको खोप लगाउन घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले जनकपुर उपमहानगरपालिका–७ नयाँ बसपार्कबाट घूससहित पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..