कोरोनाको खोप लगाउँदा घूस माग्ने दुई स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं । सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप लगाई दिएबापत घूस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहले हेल्थ असिस्टेन्टमा अध्ययनरत विद्यार्थी कृष्णाकुमार यादवलाई परिचालन गरी सेवाग्राहीसँग रु २० हजार घूस मागेका थिए ।

निःशुल्क रुपमा उपलब्ध हुने कोरोनाको खोप लगाउन घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले जनकपुर उपमहानगरपालिका–७ नयाँ बसपार्कबाट घूससहित पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..