रुंगटा समूहले वीरगंजमा बनायो दोस्रो मल


वीरगंज। खाद्यान्न व्यवसायमा नाम कमाएको वीरगंजको रुंगटा समूहले सुविधा सम्पन्न मल सोमबारदेखि संचालनमा आउने भएको छ।समूहले वीरगंज–६ आदर्शचोकभन्दा पूर्व लोहारपट्टी रोडमा दुई वर्षअघि मल निर्माण थालेको छ।

करिब डेढ कठ्ठा जग्गा क्षेत्रफलमा निर्माण गरिएको ७ तल्ले मलको नाम आरबी कम्प्लेक्स राखिएको छ। मल निर्माणमा करिब ६ करोडको लागत लागेको मल सञ्चालक सौरभ रुंगटाले जानकारी दिए।मलमा ग्राउन्ड फ्लोरसहित सात तल्ले स्ट्रक्चर डिजाइन गरिएको छ। मलको अधिकांश फ्ल्याट बुकिङ भइसकेको छ। एक तल्लामा करिब ३ हजार ३ सय वर्गफिटको क्षेत्रफलमा फल्याट निर्माण गरिएको छ। प्रति वर्गफिट ३०–४० रुपैयाँमा फ्ल्याट बिक्री गरिएको उनले बताए।


उनका अनुसार ग्राउन्ड फलोरमा पार्किङ र पहिलो तल्ला खाली राखिएको छ। दोस्रो तल्लामा मोडलर्स किचेनको शोरुम, तेस्रोमा जिम क्लब, चौथोमा बालबालिकाको लागि प्ले स्टेशन, पाँचौ तल्ला खाली छ।छैठौं तल्लामा वीरगंजकै तीन जना व्यवसायीको संयुक्त लगानीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने लक्ष्य छ।

यो समूहले ६ महिना अघि आदर्शनगरमै करिब २० करोड रुपैयाँ लगानीमा ६ तल्ले रुंगटा मल सञ्चालनमा ल्याइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..