घुस आतंक मच्चाउने अख्तियारका इन्स्पेक्टर निलम्बित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश २ कार्यालय बर्दिबास कार्यालयका प्रहरी निरीक्षक राजु कुर्मी निलम्बनमा परेका छन् । प्रहरी आचरण बिपरीत क्रियाकलाप गरेको आरोपमा कुर्मी निलम्बनमा परेको प्रहरीले जनाएको छ ।सिपाहीबाट सेवा प्रवेश गरेका कुर्मी प्रहरी सहायक निरीक्षकमा नाम निकाले, बढुवा हुँदै प्रहरी निरीक्षक भए ।

उनी सर्लाही जिल्ला प्रहरी कार्यालयको प्रशासनमा कार्यरत हुँदा पनि उनी विवादमा परेका थिए । सर्लाही जिल्ला अन्तर्गतका थानाचौकीका इन्चार्जदेखि घुमुवासँग पनि पैसा उठाउने गरेको आरोप लागेको थियो । सर्लाहीपछि उनी प्रदेश २ को अख्तियार कार्यालयमा सरुवा भए । अख्तियारमा गएपछि पनि उनको मुख्य ध्यान प्रदेश २ अन्तर्गतका ८ वटा जिल्लाका कनिष्ट प्रहरी अधिकृत कार्यालय प्रमुख हुने प्रहरी चौकीका इन्चार्जहरुसँग उजुरी परेको छ भन्दै मासिक ३ हजारका दरले उठाउने थियो । पछि घुसको रेट बढाउँदै चौकीका असई, सईसँग घुसको रेट बढाएर ५ हजार माग्न थाले । ५ हजार घुस माग्न थालेपछि पीडितले अख्तियारमै उजुरी दर्ता गरे ।

अख्तियार दुरुपयोग रोक्नुपर्ने निकायका प्रहरी निरीक्षकले नै अख्तियारको दुरुपयोग गरेको भनी उजुरीपछि कुर्मी प्रहरी प्रधान कार्यालयमा तानिए । कुर्मीले प्रदेश २ अन्तर्गतका प्रहरीसँग घुस माग्ने, नदिए बेनामी उजुरी हालेर दुःख दिने गरेको खुलेको छ । कुर्मी तानिएपछि छानबिन गर्दा उनले प्रदेश २ प्रहरीका तल्ला तहमा अख्तियारको नाममा आतंक नै मच्चाएको फेलापारेपछि उनका बिरुद्ध मुद्दा नै दायर गर्नुपर्ने निष्कर्षमा पुगिसकेको र निलम्बन गर्नका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

अख्तियारको पत्रपछि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको छ । प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले इन्स्पेक्टर कुर्मीलाई बुधबार (मंसिर २२ गते) निलम्बन गरिएको बताए । उनले भने–‘आर्थिक अनियमितता र प्रहरी आचरण बिपरीतको क्रियाकलाप गरेको पाइएपछि कुर्मीलाई निलम्बन गरिएको छ । प्रहरी संगठनकै बिरुद्ध समेत उनले क्रियाकलाप गरेको फेलापरेको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..