राजेन्द्र लिङ्देनसँग हारेपछि कमल थापाद्वारा शपथ ग्रहण समारोह बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकता महाधिवेशनको अध्यक्ष पदमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् ।अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित थापाले आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित शपथ कार्यक्रम बहिस्कार गरेका हुन् ।


नवनिर्वाचित अध्यक्ष लिङ्देनले शपथ लिएर केन्द्रीय सदस्यहरुलाई शपथ गराएका छन् । तर, उक्त सपथ समारोहमा थापासँगै उनीनिकट केही केन्द्रीय सदस्यले शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।


शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार लिङ्देनले एक हजार ८१७ मत र थापाले एक हजार ६१७ मत प्राप्त गरेका थिए । निर्वाचनमा ५३१ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..