भारतको कर्नाटकपछि गुजरातमा पनि भेटियो ‘ओमिक्रोन’ संक्रमित

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वका ३० भन्दा बढी देशमा फैलिइसकेको छ । डेल्टा भेरियन्ट भन्दा पनि बढी खतरनाक मानिएको ‘ओमिक्रोन’ छिमेकी राष्ट्र भारतमा पनि फैलिन सुरु गरिसकेको छ ।

केही दिन अगाडि मात्रै भारतको कर्नाटकमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट दुई संक्रमित भएका थिए । त्यस्तै गुजरातको जामनगरमा पनि थप एक जना ओमिक्रोन संक्रमित भेटिएका छन् । संक्रमित व्यक्ति दुई दिन अगाडि मात्रै जिम्बाब्वेबाट भारत आएका भारतीय अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार विमानस्थलमै उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । जीनोम सिक्वेन्सिङ गर्दा उनमा ओमिक्रोन संक्रमण देखिएको बताइएको छ ।

यसरी संक्रमितहरु भेटिन थालेपछि महाराष्ट्रबाट मात्रै ३० जनाको ओमिक्रोन परीक्षणका लागि नमूना पठाइएको बताइएको छ । जहाँ विभिन्न देशका करिब ३ हजार यात्रुहरु आएका त्यहाँका अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..