काठमाडौं । प्रहरीले कोटेश्वरस्थित ईश्वर कार्कीको घरमा जुवा खेलिरहेका उनीसहित पाँचजनालाई ६ लाख ५८ हजार रुपैयाँभन्दा बढी रकमसहित पक्राउ गरेको छ । उनीहरुका साथबाट नगदसहित २० बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सोमबार राती कोटेश्वर स्थित कोटदेवी मन्दिर नजिक कार्कीको साँढे तीन तल्ले पक्की घरको तेश्रो तल्लामा जुवातास खेलाईरहेका उनलाई जुवाडे र रकमसहित पक्राउ गरेको हो ।
पक्राउपर्नेमा घरधनी तथा जुवा खेलाउने कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्लसिना, रामेछापका सागर केसी रहेको प्रहरीले जनाएको छ ।


