लागु-औषध मुद्धाका फरार प्रतिवादी पक्राउ

विराटनगर । लागु-औषध मुद्धाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका १३ जानकी चौकका २७ बर्षीय प्रवेश सुनुवारलाई पक्राउ गरिएको छ ।

लागु-औषध मुद्धामा सम्मानित उच्च अदालत विराटनगर बाट मिति २०७६ मंसिर २४ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १० महिना ३ दिन कैद र रु.१,००,०००।– (एक लाख) जरिवाना भई लगत नं. २८१ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सुनुवारलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो फेला पारेको हो ।

प्रतिबादी सुनुवारलाई आज सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..