धनुषा प्रहरीद्वारा ४९ बोरा हरियो मटरसहित ११ वटा मोटरसाइकल बरामद

जनकपुरधाम । धनुषा प्रहरीले तस्करी गर्न लागेका बेला ४९ बोरा हरियो मटर र ११ वटा मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ ।

धनुषाको मुखियापट्टी मुसरहनिया गाउँपालिका ६ बहेडाबेलाबाट बुधवार प्रहरीले ११ वटा मोटरसाइकलमा लोड गरी भारततर्फ लगिरहेको २५ केजीको ४९ बोरा हरियो मटर मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । तस्करीमा संलग्नहरु भागेपछि मोटरसाइकलसहित हरियो मटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बरामद मटर र मोटरसाइकल आवश्यक कारबाहीका लागि प्रहरीले जनकपुर भन्सरा कार्यालय धनुषालाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..