मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । राईलाई बहुमत प्रदेश सभा सदस्यले मत दिएका छन्। उनको पक्षमा ५० मत आएको छ भने विपक्षमा २९ मत खसेको छ।
प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका थिए ।

राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उहाले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेर सुनाउनु भएको थियो ।

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि मुख्य मंत्री राइको पक्षमा ५० मत खसेको छ । पाँचदलीय सत्ता गठबन्धनसँग ५० जना सांसद् छन् ।
प्रतिपक्षी एमालेसँग ४१ र राप्रपासँग एक सांसद छन् । विश्वासको मत पाइसकेपछि मुख्य मन्त्री राइले एक हप्ता भित्र प्रदेशमा मन्त्री परिषद्लाई पुर्णता दिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..