एसएसपी सिंह हटाउने निर्णय प्रत्युपादक बन्यो

काठमाडौं । प्रहरी परिसर काठमाडौंका प्रमुख परिवर्तन भए । परिसरको प्रमुखमा एसएसपी सुदीपकुमार गिरीको काजसरुवा भए ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुखको सरुवा गर्ने गृह मन्त्रालयको मध्ये रातिकाे निर्णय २०७८ १० गते विहानै उल्टिएको छ । गृहले २०७८ कात्तिक ९ गते मंगलबार मध्ये राति काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवा एयरपाेर्टमा काज सरुवा गर्ने निर्णय गरेको थियो ।

उनको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी सुदीप गिरीलाई पठाइएको थियो । तर उक्त निर्णय २०७८ कात्तिक १० गते विहान बालुवाटारबाट उल्ट्याइएको छ । गृह मन्त्री बालकृष्णा खाँणकाे मध्येरातिको निर्णय बालुवाटारको दबाबपछि उल्ट्याइएको छ एकबर्षे कार्यकाल नसकिँदै सरुवा भएपछि एसएसपी सिंहकाे सरूवालाई उल्ट्याउने लबिङमा बालुवाटारकाे शक्ति सक्रिएर भएर लागेको श्राेत बताउछ ।

पुगनपुग चार हप्तामा कार्यकाल पूरा गर्दै गरेका एसएसपी अशोक सिंहको काज सरुवा गर्ने हठात् निर्णय यतिबेला गृह प्रशासन र प्रहरी प्रधान कार्यालय दुवैका लागि ‘गलामा अड्किएको हड्डी’ जस्तै बनेको छ । त्यसो त, ‘मिडिया स्टन्ट’मा रमाउने एसएसपी सिंह हिजोका दिनमा ओली निकट भएको आरोप लाग्ने गरेको छ । तर, पनि यही कारण उनको हठात् सरुवाको यथोचित कारण भने पक्कै थिएन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं राष्ट्रिय सुरक्षा, सुरक्षा संवेदनशीलता र आकर्षक पोष्टिङ सहितको अति महत्वपूर्ण सुरक्षा इकाइ हो । प्रधानमन्त्री र गृहमन्त्रीमात्र होइन, राजनीतिक नेतृत्व र उसले प्रतिनिधित्व गर्ने दलले शान, मान र प्रतिष्ठासँग जोडिने एउटा प्रहरी इकाइमा हुने नेतृत्व परिवर्तनको महत्व नबुुझ्दा यतिबेला गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री दुवै आलोचनाको केन्द्रमा रहेका छन् ।

गृहमन्त्री खाडको अधिकार क्षेत्रमा पर्ने एसएसपी सरुवामा उनले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग एकपटक सरसल्लाह समेत नगर्नु सुरक्षा संवेदनशीलताको अर्को परकाष्ठा मान्न सकिन्छ ।गृहमन्त्री खाणले काठमाडौंका प्रहरी प्रमुख सिंहलाई काज सरुवा गर्ने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको असन्तुष्टिपछि उल्टिएको छ ।


गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने यस विषयमा निर्णय भएको बारे कुनै जानकारी नभएको जानकारी दिए । प्रहरीमा सामान्यतया कुनै स्थानमा पोस्टिङ भएको १ वर्ष पूरा गरी मात्र सरुवा गरिन्छ । एसएसपी सिंहको आगामी मंसिरमा कार्यकाल सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..