मदिराले मातेका युवाको आक्रमणबाट रूकुम पश्चिममा ७ जना प्रहरी घाइते

रुकुम । युवाको आक्रमणबाट रूकुम पश्चिममा प्रहरी सहायक निरीक्षकसहित सात प्रहरी घाइते भएका छन् । मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको हो ।

गएराति मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो।

झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ। बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। चार जना भागेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..