गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो जिप्रका कास्की

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आफू मातहत रहेका जिल्ला प्रहरी कार्यालयसँग गरेको कार्य सम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय कास्की उत्कृष्ट भएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापालाई प्रशंसा पत्र हस्तानान्तरण गरेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र प्रदेश अन्तर्गतका जिल्लाहरु बीच भएको कार्य सम्पादन सम्झौता बमोजिमको वार्षक कार्ययोजना अनुसार २०७८ वैशाखदेखी असारसम्म सम्पादन गरेका क्रियाकलापहरुको मुल्याङकनको आधारमा कास्कीले अधिकतम अंक हासिल गरी उत्कृष्ट जिल्ला बन्न सफल भएको जनाइएको छ ।


अपराध अनुसन्धान तथा नियन्त्रण, जघन्य अपराधको अनुसन्धान, फरार अभियुक्त पक्राउ, मातहतका इकाई र कर्मचारीसँगको समन्वयन तथा शान्ति सुब्यवस्था कायम राख्न खेलेकोको भुमिकाका आधारमा जिल्ला प्रहरी कार्यालयहरुको मूल्याँकन भएको हो ।


एसपी थापाले अपराध अनुसनधान, लागूऔषधको कारोबार र फरार अभियुक्त पक्राउ देखि कोभिड र प्राकृतिक विपत्मा खेलेको भुमिकाका लागि उनलाई पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..