रौतहट प्रहरी प्रमुखको जिम्मेवारीमा एसपी घिमिरे

काठमाडौं । प्रहरी प्रधान कार्यालयले रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेलाई दिएको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत एसपी घिमिरेलाई रौतहट प्रहरी प्रमुखमा खटाउने निर्णय गरेका हुन् ।

यसअगाडि रौतहट प्रहरी प्रमुख रहेका एसपी सिद्धिबिक्रम शाह विवादमा तानिएपछी प्रहरी मुख्यालयले उनलाई कारबाहीस्वरुप फिर्ता गरेको थियो ।शाह तानिएपछी रौतहट प्रहरी प्रमुखको कमाण्ड डीएसपी नारायण प्रसाद चिमोरियाले सम्हाल्दै आएका थिए ।

प्रहरी मुख्यालयले सोमबार मात्रै मध्य तराईको चुनौतीपूर्ण जिल्ला मानिने रौतहटमा एसपी घिमिरेलाई खटाउने निर्णय गरेको हो । एसपी हुँदा जिल्ला प्रहरी कार्यालय कैलाली र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको सफल कमाण्ड गरेका घिमिरेले डीएसपीको रुपमा डडेल्धुराको सफल कमाण्ड गरेर बिदा हुँदा २६ किलोको मालासहित नागरिक सम्मान पाएका थिए ।

डीएसपी हुँदा महानगरीय प्रहरी बृत्त जनसेवा काठमाडौंको प्रमुख तथा डीएसपीकै दर्जामा जिल्ला प्रहरी कार्यालय बाँकेमा समेत काम गरिसकेका उनी अपराध अनुसन्धान र कमान्ड कन्ट्रोलमा समेत पोख्त छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..