पत्रकारविरुद्ध जथाभावी लेख्ने प्रीन्सिपल लोचनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइँदै

सिरहा । पत्रकारविरुद्ध जथाभावी लेख्ने सिरहा सदरमुकामका एक प्रन्सिपलविरुद्ध उजुरी परेको छ । सिरहा सदरमुकामस्थित सञ्चालित मर्निङ पल सेकेन्डरी स्कूलका प्रीन्सिपल लोचन चोरवार यादवविरुद्ध नेपाल पत्रकार महासंघ सिरहाको तर्फबाट सचिव शिवदयाल यादवले उजुरी गरेका हुन् ।

उनलाई आज मंगलबार प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा झिकाउँदैछ । जिल्लामा कोभिड १९ का कारण डीएमसीसीको सिफारिसमा जिल्ला प्रशासनले शैक्षिक संस्थाहरु बन्द राखेका छन् ।

प्रीन्सिपल यादवले पत्रकारहरुकै कारण विद्यालय बन्द रहेकोे भन्दै सिरहामा पनि पत्रकारको नाकको डाडी भाँच्ने इटहरीका मेयर द्वारिका चौधरी जस्तो मेयरको खाँचो रहेकोे समाजिक सञ्जालमा लेखेका थिए । यतिमात्र नभई पत्रकारिता जगतकै प्रतिष्ठामा आँच आउने गरी उनले पटकपटक अभिव्यक्ति दिँदै आएका थिए ।

उनको अभिव्यक्तिमाथि पत्रकार महासंघ सिरहाले आपत्ति जनाउँदै कडा कानुन कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..