पत्रकारको मोटरसाइकलमा लागू औषध राखेर फसाउन खोज्ने दुई घुमुवा प्रहरी निलम्बित

काठमाडौँ । पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवालाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको हो ।

निलम्बन अघि घटनाको सूक्ष्म अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेश कार्यालयलाई निर्देशन दिएको थियो । त्यस लगत्तै प्रदेश प्रहरी कार्यालयले असई यादव र जिल्ला प्रहरी कार्यालय रौतहटले जवान यादवलाई निलम्बन गरेका हुन् ।

साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएका दुई घुमुवा प्रहरीको योजनामा मोहम्मद मोजिबुल्लाह र शेख अतिउल्लाह सवार बिआर ३० एस–१८८७ नम्बरको मोटरसाइकलमा लागूऔषध नाइट्रोभेटका १५० ट्याबलेट राखिएको थियो ।

घुमुवाको योजनामा धिरज यादव र जितकुमार यादवले मोटरसाइकलमा लागू पदार्थ राखेको भेटिएपछि दुवै जनालाई आपराधिक षड्यन्त्र गरेको कसुरमा जिल्ला अदालत रौतहटबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीले जनाएको छ । दुई घुमुवालाई पनि निलम्बन गरिएको हो । उनीहरु प्रहरीको निगरानीमा छन् ।

प्रहरी प्रवक्ता बसन्त कुँवरले सादा पोसाकका दुई प्रहरी घटनामा संलग्न रहेको देखिएकोले कानुन अनुसार कारबाही प्रक्रिया अघि बढिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..