डाँका मुद्दामा फरार युवक पक्राउ


काठमाडौं । डाँका मुद्दामा फरार युवकलाई प्रहरीले काठमाडौंको गोङ्गबुबाट पक्राउ गरेको छ । धादिङको निलकण्ठ नगरपालिका–११ घर भएका २४ वर्षीय अर्जुन नेपालीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

जिल्ला अदालत काठमाडौंले अर्जुन विरुद्ध २०७३ जेठ २४ मा ११ महिना ८ दिन कैद र २ लाख ६७ हजार जरिवाना हुने फैसला गरेको थियो । सहकारी संस्था, विभिन्न मानिसका घर र डेरा कोठाबाट धनमाल डाँका गर्ने अर्जुन विरुद्ध प्रहरीले डाँका मुद्दामा अनुसन्धान गरेको थियो ।

उनी सहितले विभिन्न समयमा विनोद भण्डारी, मोहनकाजी श्रेष्ठ र माधव पन्तको घरमा गएर नकवजनी चोरीमा गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..