चितवन । चितवनको कुरिनटारमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज (मंगलबार) दिउँसो १२ः३० बजेको समयमा ईच्छाकामना गाउपालिका–३ कुरिनटारमा दुइवटा मोटरसाइकल एक आपसमा ठक्करखादा एक जना मोटरसाइलमा चालकको मृत्यु भएको छ भने त्यसमा सवार २ जना घाइते भएका छन् ।
काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बा४६प ३२० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट गइरहेको ग१६प ५५३१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए ।
सो ठक्करमा परी ग१६प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङजा पुतली बजार नगरपालिका–४ का २६ वर्षका सुशील पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पोख्रेललाई उपचारको लागि भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा पठाइएको भएपनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
अन्य घाइतेहरु बा६४प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुर कौवादुङमा गाउ पालिका–४ का २४ ववर्षीय सन्दिप बस्नेत र सोही ठाउँ बस्ने २१ वर्षिय जय कार्की रहेको प्रहरीले जनाएको छ । उनीहरुको भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।


