सुनसरी प्रहरीले १ महिनाको अबधीमा २ सय ३८ जना फरार प्रतिबादी पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अबधीमा बिभिन्न मुद्धाका २३८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिन देखी २० बर्ष सम्म कैद सजाय तोकिएका प्रतिबादीहरु छन् ।

श्रावण १ गते देखी हाल सम्म सम्मानित सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी सम्मानित जिल्ला अदालतमा पेश गरेको हो । कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकी फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने ९ लाख ३५ हजार ३ सय १९ रुपैया जरिवाना समेत असुल भएको छ ।

सुनसरी प्रहरीको फरार पक्राउको यस अभियानले अपराधीक घटना घटाई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द लक्षित छ । अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ ।


फरार प्रतिबादी पक्राउका क्रममा मिति २०६६ बैशाख १६ गते आफ्नी नातिनी ५ वर्षीया सोशिला कुमारी खत्वेलाई घाटी वटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडी फरार रहेका वसन्त खत्वे समेत रहेका छन् । उनलाई सम्मानित सुनसरी जिल्ला अदालतबाटट जन्म कैद सजाय तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..