घुस अस्वीकार गरेर पुरस्कृत हुने ३६ जना ट्राफिक प्रहरी

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारवाहीका क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकको प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने ३६ ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको छ ।

सम्मानित हुनेमध्ये नौ जनालाई भने वृत्ति विकासमा सहयोग पुग्ने गरी अभिलेख रहने गरी पुरस्कार दिइएको छ । प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्नका लागि अन्य प्रहरीलाई प्रेरणा मिलोस् भनेर महाशाखाले उक्त अभियान थालेको जनाइएको छ ।

सोही क्रममा ४९ चालकलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको थियो । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले नियम उल्लङ्घनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको प्रष्ट पारे ।

“खराब प्रवृत्ति बोकेका, घुष दिन खोज्ने चालकलाई दैनिक जसो पक्राउ गर्दै आइएको छ, त्यस्ता चालकलाई कुनै पनि बहानामा छुट हुने छैन, बरु अझै कडाईका साथ अघि बढाइने छ”, भट्टराईले भने ।

आम सवारी चालकलाई ट्राफिक नियमको पूर्णपालना गर्न र उल्लङ्घन पश्चात हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ । गत आवमा घुस बापत रु ९० हजार १५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..