ट्राफिक प्रहरीद्वारा मास्क अभियान शुरु

झापा। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मास्क अभियान शुरु गरेको छ । सरकारले शनिबारदेखि मास्क अभियान शुरु गरेसंगै झापामा पनि मास्क अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाँईले जानकारी दिए ।

कोरोनाभाइरसको संक्रमण बढ्न थालेको भन्दै सरकारले २९ गतेसम्म मास्क अभियान शुरु गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथामको लागि मास्कको महत्व बुझाउन अभियान शुरु गरेको पहरी निरीक्षक चापागाँईले बताए । अभियानमा मास्क लगाउनुको महत्व बुझाइने र मास्क सही प्रयोग भए नभएको अनुगमन गरिने बताइएको छ ।


अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्दै ट्राफिक प्रहरी निरीक्षक चापागाँईले भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा आग्रह समेत गेका छन् ।


अभियान अन्र्तगत आइतबार बिर्तामोड स्थित पश्चिम बस स्टेण्ड छेउमा गरिएको कार्यक्रममा ट्राफिक प्रहरीले तपाईको मास्क खै ?, मास्क सही तरिकाले लगाउनुभयो ?, हिड्डुल गर्दा मास्क लगाऔं लगायतका प्ले कार्ड र ब्यानर सहित सचेतना मुलक कार्यक्रम गरेका थिए ।कार्यक्रममा सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र,इलाका प्रहरी कार्यालय अनारमनीको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..