प्राचीन धर्मग्रन्थ भन्दै ठगेको आरोपमा दुई जना महानगरीय अपराध महाशाखाको फन्दामा

काठमाडाैं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्ध धर्मको धार्मिक ग्रन्थ हो भनी झुक्याएर सर्वसाधारण ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-१ घर भई माकलबारी बसिरहेका २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका-७ घर भई हाल काठमाडौं चाबहिल बसिरहेका ३० वर्षीय रजिन राई हुन् ।

उनीहरूलाई बिहीबार गोकर्णेश्वर नगरपालका-८ आरुबारीबाट पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।


उनीहरूले आरुबारी नै बस्ने हेमप्रकाश मगरबाट १३ लाख ७९ हजार रूपैयाँ ठगी गरेको प्रहरीको दाबी छ । तामाङ र राईले धार्मिक ग्रन्थ देखाएर त्यसको मूल्य ३ करोड ८५ लाख पर्ने बताउँदै मगरलाई झुक्काएका थिए ।


पक्राउ परेका दुबै जनालाई कारबाहीको लागि काठमाडौं जिल्ला प्रहरी परिसर पठाइएको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..