डीएसपी हुँ भन्दै सुनका बाला लुटपाट गरेको आरोपमा पक्राउ

काठमाडौं। आफूलाई प्रहरीको डीएसपी हुँ भन्दै सुनका बाला लुटपाटमा स‌ंलग्न रहेको आरोपमा प्रहीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण-४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङलाई प्रहरीले काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो ।


विदेशबाट आएका व्यक्तिहरु पहिचान गरी विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर प्रहरीको डीएसपी हुँ भन्दै चेकजाँच गर्ने बहानामा सुनका गहना लुटपाट गर्ने गरेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्जमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..