दुई युवती जसले पुरुष देख्ने बित्तिकै यस्तो हर्कत गर्थे

काठमाडौं । काठमाडौं उपत्यकामा ठगी, लुटपाट तथा पकेटमारीमा संलग्न महिलोको गिरोह पक्राउ परेको छ ।काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई जना महिला पाकेटमार पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी निरीक्षक मिठ्ठु खड्काले उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरामद गरिएको जानकारी दिइन् । प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काका अनुसार उनीहरुलाई पकेट मा’र्दै गर्दा नियन्त्रणमा लिइएको हो ।

“यो उनीहरू त्यस दिनको मात्र पकेटमा’रको पैसा रहेछ। त्यस दिन दुई वटामात्र पकेट मा’रेका रहेछन्। हुलियाको आधारमा समातेका हौँ” प्रहरी प्रभाव कलङ्कीका प्रहरी निरीक्षक मिठु खड्काले भने। प्रहरीले नियन्त्रणमा लिएका युवतीले करिब ३ वर्ष देखि पकेटमार गर्दै आएको बयान दिएका छन्।
उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चोरी, पकेट मार्ने तथा ठग्ने काममा संलग्न भएको प्रहरीले जनाएको छ ।

दुवै युवती पुरुषहरुसँग नजिकिइहाल्ने र योजनाव’द्ध तरिकाले ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न थिए ।“भिड भएको गाडीमा चढ्ने अनि केटीहरूले गाडी भित्र उभिएका प्यासेन्जरलाई ठेलम् ठेल गर्ने, अनि पकेटबाट पैसा झिक्ने गर्ने ट्रेन्ड देखियो” प्रहरी निरीक्षक खड्काले भने।


उनीहर पेशेवर रुपमै ठगी तथा पकेटमा’रीमा संलग्न रहेको प्रहरीेले जनाएको छ । पुरुषहरुसँग नजिकिने र उनीहरुले पाकेट मा’र्ने गरेको प्रहरीले जनाएको छ। केहीलाई उनीहरुले ठगी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..