शान्ति मिसन प्रश्नपत्र लिक प्रकरणमा दुई पक्राउ

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानुअघि लिइने प्रि-स्याट परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको भेटिएको छ । प्रश्न पत्र चोरी भएको देखिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले छानविन समिति बनाएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा ६ सदस्यीय छानविन समिति बनाइएको छ ।

साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परिक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए । प्रश्नपत्र ‘लिक’ भएको हल्लापछि प्रहरी प्रधान कार्यालयले साउन १६ मा नयाँ प्रश्नपत्रको सेट तयार गरेर डेढघण्टा ढिलो परीक्षा लिएको थियो ।
प्रश्नपत्र लिक गरेको आशंकामा प्रधान कार्यालयबाट साइबर ब्यूरोमा सरुवा भएका कुमार शाह र युएन शाखामा कार्यरत कार्यालय सहयोगी शुरेश बमलाई नियन्त्रणमा लिइएको छ ।

प्रश्नपत्र लिएर चिनजानको अधिकारीलाई फोटोकपी गरेरै बाँडेको पाइएको थियो । उनीहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ । कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको बताइएको छ । प्रि–स्याटको प्रश्नपत्र परीक्षा हुनभन्दा अघि डीएसपी रुपेश खड्काको घरमै पुगेको थियो ।

प्रहरी स्रोतका अनुसार खड्काले ल्याण्ड लाइन नम्बर ०१–४४१०५९९ मार्फत युएन शाखामा सम्पर्क गरेर प्रश्नपत्र मगाएका थिए । यसअघि पनि युएन शाखामा काम गरेका खड्कालाई भर्खरै निरीक्षकमा बढुवा भएका दिनेश पुनले प्रश्नपत्र पठाएका हुन् ।

डीएसपी खड्कालाई प्रश्नपत्र पु¥याउन प्रहरी नायव निरिक्षक (सई) जनक थापा उनको घरमा पुगेका थिए । डीएसपी खड्कासहित ८ जना परीक्षार्थीले परीक्षा हुनुअगावै प्रश्नपत्र पाएका थिए । युएन शाखामा कार्यरत डीएसपी बासुदेव पाठकले पनि ह्वाट्सएपमार्फत उनी निकट एकजनालाई प्रहरी नायव निरीक्षक (सईलाई प्रश्नपत्रको फोटो खिचेर पठाएको थियो ।


केही प्रहरीको म्यासेन्जरमा समेत प्रश्न पत्र पुगेको थियो ।प्रि-स्याटमा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ ।परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म सहभागी थिए । यसअघि सन् २०१८ मा भएको प्रि-स्याट परीक्षाको प्रश्न पत्र पनि परीक्षा अगावै बाहिरिएको पाइएपछि अर्को जाँच लिइएको थियो ।

प्रश्नपत्र लिक भएको सुराक पाएपछि युएन शाखाका एसपी अनुपम शम्शेर जबराले साउन १६ को परीक्षामा पहिले तयार गरेको सेट रद्द गरेर नयाँ प्रश्नपत्र बनाएर परीक्षा लिन लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..