पेस्तोलसहित दुई भारतीय पक्राउ

दाङ । दाङमा प्रहरीले अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरीकलाई प्रकाउ गरेको छ ।गढवा गाउँपालिका–१ कालाकाँटेबाट भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ का २२ वर्षीय करमुल्हाल आमिर र सोही ठाउँ बढानी–८ का १९ वर्षीय राजा खानालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट सिल्भर रङ्गको स्वचालित पेस्तोल १ थान, त्यसको २ थान म्यागजिन, २ राउन्ड गोली र ३ थान मोबाइल बरामद गरेको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले सोमबार बेलुका पक्राउ गरेको हो ।

उनीहरु हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..