सुजिता हत्या प्रकरणमा उनको आफ्नै बुवासहित थप तीन जना पक्राउ

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर –७ भ्रमरपुराकी सुजिता ठाकुरको ह-त्याको घटना अनुसन्धानका लागि प्रहरीले उनका बाबु कामेश्वर पाण्डेलाई पनि पक्राउ गरेको छ ।

जेठ २० गते राति भएको सुजिताको ह-त्यामा बाबुको संलग्नता देखिने केही प्रमाण फेला परेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी महोत्तरीका सूचना अधिकारी एवं डीएसपी प्रकाश विष्टले सुजिताका बाबुले उनको ह-त्याका लागि देवर रुपेशलाई उक्साएको तथ्य फेला परेको बताए । ‘अनुसन्धानका क्रममा यस्तो अडियो फेला परेको छ,’ डीएसपी विष्टले भने ।

सुजिताको ह-त्यापछि देवर रुपेशले जेठ २५ गते सुजिताका बाबु कामेश्वरलाई जानकारी समेत गराएको पाइएको प्रहरीको भनाइ छ । ‘मेरो छोरी बदमास भइसकेकी, इज्जत प्रतिष्ठा फाली, भनेर मार्ने काममा उनले सहमति दिएको जस्तो देखिन्छ,’ विष्टले भने ।

रुपेशले ह-त्या गरेर जानकारी गराएपछि कामेश्वरले ह-त्याको घटना लुकाउन रुपेशसँग बार्गेनिङ गरेको देखिएको पनि विष्टले बताए । सुजिताको ह-त्याको खबर पाएपछि कामेश्वरले बच्चाको नाममा जग्गा राखिदिनुपर्ने भनेर बार्गेनिङ गरेको र केही सीप नलागेपछि अरु व्यक्तिमार्फत प्रहरीमा आएको देखिएको डीएसपी विष्टले बताए ।

प्रहरीले सुजिताकी नन्द अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगरपालिका–२४ कुटी पोखरी बस्ने ५५ वर्षीय प्रमोद मण्डललाई पनि पक्राउ गरेको छ । सुजिताकी नन्द अञ्जुलाई समेत रुपेशले ह-त्यालगत्तै फोन गरेर जानकारी गराएको र अञ्जुले पनि यो कुरा लुकाएको प्रहरीको भनाइ छ ।

प्रमोदले भने ह-त्या गरिएकी सुजिताको शव खेतमा गाडेको र २९ गते त्यहाँबाट उत्खनन् गरी ५ सय मिटर टाढाको सेफ्टी ट्यांकीभित्र लुकाउन संलग्न देखिएको प्रहरीको भनाइ छ ।

यसरी भएको थियो सुजिताको हत्या

प्रहरीका अनुसार गत जेठ २० गते बिहान ८ देखि ९ बजेको बीचमा रुपेशले भाउजू सुजिता देवी ठाकुरको कोठाभित्र मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक्काई घाँटीसमेत थिची ह-त्या गरेका थिए ।

हत्यापछि दिनभरि शवलाई सुजिताकै पलङमा छोपेर कोठामा ताल्चा लगाई राखेको र साँझ ट्याक्टरमा राखी खेतमा खाल्टो खनी गाडेको प्रहरीले बताएको छ । जेठ २० गते राति गाडेको शव जेठ २९ गते मध्यराति पुनः खनेर रुपेशले अर्को ठाउँमा सारेका थिए । पहिला गाडिएको ठाउँबाट झिकेर ५ सय मिटर टाढा काठ गोदाम नजिकै निर्माणाधीन सेप्टिक ट्याङ्कीमा खाडल खनी पुरेको प्रहरीको भनाइ छ । प्रहरीले असार २७ गते यही ठाउँबाट शव निकालेको थियो ।

यो घटनामा संलग्न भएका मृतक सुजाताका देवर रुपेशसहित चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । रूपेश, उनकै गाउँका ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राइन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..