अशिक्षाको कारण प्रदेश २ मा अपराध बढे : डीआईजी उमेश रञ्जितकार

जनकपुरधाम । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) उमेश रञ्जितकारले प्रदेश २ मा अपराधिक घटनामा वृद्धि भएको बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गौरमा स्थानीय तहको आर्थिक सहयोगमा निर्मित हावा घर प्रतिक्षालयको उदघाटन गर्न रौतहट आउनु भएका डीआईजी रंजितकारले लागु औषधको ओसार पोसार , सामाजिक विकृतिका रुपमा रहेका महिला हिँसा , घरेलु हिंसा , बलात्कार र केहि जघन्य अपराधका घटनामा विगतको तुलनामा प्रदेश २ मा बढी देखिएको बताए ।

प्रतिक्षालय उदघाटन पछि आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सम्वोधन गर्दै डीआईजी उमेश रञ्जितकारले अशिक्षाको कारण घरेलु हिँसाको घटनामा बढोतरी भएकोले शिक्षाको स्तर उकास्नु पर्नेमा जोड दिए । 


खुल्ला सिमाना भएको कारण लागु औषधको ओसार पोसारमा प्रदेश २ बाटोको रुपमा प्रयोग भएको बताउदै अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले शुन्य सहनशीलता अपनाउदै अघि बढ्ने बताए । प्रदेश प्रमुख भएर आएको १ महिना नपुग्दै सानो हात हतियार नियन्त्रण गर्न सफल भएको जनाए । हत्या , बलात्कारको घटनामा प्रहरी गम्भीर भएर र सफल अनुसन्धान गरि दोषीलाइ कानुनी दयारामा ल्याउने प्रतिवध्ता जनाए । प्रहरीलाइ समाजमा लुकेका केहि अपराध हरुको बारेमा खोजि गर्न निर्देशन दिइएको बताउदै कुनै पनि घटना भए प्रहरीलाइ जानकारी गराउन आग्रह गरे ।

प्रदेश २ मातहतका ८ वटै जिल्लाका प्रहरी प्रमुखलाइ सफलतापूर्वक निष्पक्ष रुपमा अनुसन्धान गर्न स्पस्ट निर्देशन दिएको बताए । मुलुकमा राजनीतिक अस्थिरताको कारण काम गर्न चुनौती थपिएको जिकिर गरे ।उहाले भने प्रहरी संगठन भित्र केहि सुधार गर्नु पर्ने आवश्यकता रहेको छ । शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरी पूर्ण प्रतिवद्ध रही कार्य गर्ने प्रतिवद्धता जनाउदै डीआईजी रञ्जितकारले समाजमा जनचेतना फैलाउने गरी गर्नु पर्ने धारणा राखे । 


प्रहरी प्रतिको आम नागरिकको विश्वास बढाउनु पर्ने जोड दिदै पिडितको न्यायको लागि प्रहरीले समयमा कार्य गर्दा नागरिकको प्रहरी माथिको विश्वास बढ्ने उल्लेख गरे । घटना जुन सुकै भए छानविन गर्नु पर्ने उहाको भनाइ रहेको छ । उजुरी नलिने , समयमा मुद्दा दर्ता नहुने कार्यले अपराध नियन्त्रणमा समस्या हुने भएकोले यस विषय प्रति सजग भएर कार्य गर्ने सम्वन्धित प्रहरी प्रमुखहरुलाई निर्देशन समेत दिए ।

 
बाल विबाहको घटना बढ्नु गरिवी बेरोजगारी र अशिक्षा रहेकोले शिक्षा नै सामाजिक अपराध नियन्त्रणको एक मात्र विकल्प रहेको जिकिर गरे । 
घरेलु हिंसा कानुनी अपराध भएकोले मिलापत्र गराउने प्रचलनले थप जटिल बन्दै गएको बताउदै घरेलु हिंसा , महिला तथा बाल बालिका प्रति हुने दुर्व्यवहारका घटनाका दोषी माथि कानुनी कार्यवाही गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..