ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका-४ स्थित चियादोकान सडकखण्डमा मंगलबार राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा कनकाई नगरपालिका-३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ ।

प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र२-०३-०१३प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेका थियो ।

ठक्करबाट घाइते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..