मोटरसाइकलमाथि शव भेटिएको घटनामा ट्रक चालक पक्राउ


विराटनगर । विराटनगर महानगरपालिका – ५ बिजुली अफिसमा अगाडि मृत भेटिएका पुरुषलाई ठक्कर दिएको आरोपमा प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।साउन ४ गते राति साढे ८ बजे कोसी राजमार्गको विजुली अफिस खण्ड नजिकै मोटरसाइकलमाथि एक वृद्ध पुरुष मृत भेटिएका थिए । ठक्कर दिएको आरोपमा को १ क १३३३ नम्बरको ट्रक र चालक सुनसरी धरान उपमहानगरपालिका–२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।


साउन ४ गते राति को ४ प २३१६ नम्बरको मोटरसाइकलमाथि विराटनगर– ५ का ६७ वर्षीय सुदर्शन न्यौपाने मृत भेटिएका थिए । पक्राउ परेका चालकमाथि आइतबार सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको डीएसपी श्रेष्ठले बताए । पक्राउ परेका ट्रक चालकले दुर्घटनापछि घाइते अवस्थामा रहेका वृद्धले ठीक छु भनेपछि आफ्नो गन्तब्यमा गएको बयान दिएको उनले बताए ।


‘दुर्घटना भएपछि ट्रक चालक र ट्रकको पछाडि मोटरसाइकलमा यात्रा गर्ने व्यक्तिले उठाएका रहेछन्,’ उनले भने,‘ न्यौपानेले ठीक छ भनेपछि आफ्नो बाटो लागेको बताएका छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..