सुजिता भण्डारी मृत्यु प्रकरण अझै खुलेन


चितवन। चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण अझै खुल्न सकेको छैन । ब्रम्हस्थानी सामुदायिक वनभित्र शव भेटिएको एक महीना पुगिसक्दा पनि मृत्युको कारण नखुलेको हो ।


जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार सामाखुशीस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भएको भिसेर परीक्षणको रिपोर्ट नआउँदा मृत्युको कारण खुल्न ढिलाइ भएको हो ।स्रोतका अनुसार कोरोना भाइरसका कारण आलोपालोमा काम भइरहेको र जनशक्ति पनि कम रहेकाले रिपोर्ट आउन ढिला भएको प्रयोगशालाले भनेको छ ।


त्रिवि शिक्षण अस्पतालमा भएको पोष्टमार्टममा मृत्युको कारण खुल्न नसकेपछि भिसेरा जाँचका लागि पठाइएको थियो । प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टमा बाहिरी चोटपटक नदेखिएको उल्लेख गर्दै मृत्युको कारण पहिचान हुन नसकेको भनिएको छ ।पोष्टमार्टबाट मृत्युको कारण नखुलेपछि सुजिताले विष सेवन गरेको हुनसक्ने आशंकामा भिसेरा परीक्षण गरिएको थियो ।


प्रहरीले २१ असारमा उनको शव बरामद गर्दा नजिकै विषको बट्टा भेटिएकाले पनि यो आशंका गरिएको थियो । शव भेटिएको ९ दिन अघि उनी साथी कहाँ जाने भन्दै घरबाट हिंडेकी थिइन् । बिहान ६ बजेतिरै घरबाट निस्किएकी उनी खाना खाने बेला पनि आएकी थिइनन् । दिउँसो १२ बजेतिर अपहरित भएको भन्दै फोन आएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।


तर अपहरणलाई पुष्टि गर्ने आधार प्रहरीले भेटेको थिएन । त्यहीबीच जंगलमा उनको शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..