फरार अभियुक्त १४ वर्षपछि पर्यो प्रहरीको फन्दामा

बुटवल । अर्घाखांचीको पाणिनी गाउंपालिकामा १४ वर्ष अघि भएको हत्याका फरार अभियुक्त पक्राउ परेका छन् ।पाणिनी गाउँपालिका–५ पल्टेका २१ वर्षिय नारायणबहादुर सूर्यवंशी मगरको २०६४ साल असोज २६ गते दिन आफ्नै घरमा तीनजनाको कुटपिटबाट हत्या भएको थियो ।


हत्यामा संलग्न रहेको अभियोगमा कपिलबस्तु बाणगंगा नगरपालिका-१ उप्टहवाबाट ४२ वर्षिय हुमबहादुर रास्कोटी मगर पक्राउ परेका हुन् । १४ वर्षअघि पाणिनी गाउँपालिकाकै बासिन्दा रहेका रास्कोटी बसाई सराई गरी कपिलवस्तु झरेका हुन् ।

उनी घरमै लुकिछिपी बसेको अवस्थामा अर्घाखांची प्रहरीले कपिलवस्तु प्रहरीको समन्वयमा पक्राउ गरिएको र अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

घटनामा संलग्न मध्ये बर्ष ४५ का चोकबहादुर खाम्चा मगर र वर्ष ४८का गनबहादुर खाम्चा मगर फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरी नायब उपरक्षिक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..