बलात्कार आरोपी ८ महिनापछि समातिए

संखुवासभा । अपरचित महिलालाई घरमा एक्लै भएको मौकामा जबरजस्ती करणी (बलात्कार) गरेर फरार रहेका आरोपीलाई प्रहरीले आठ महिनापछि पक्राउ गरेको ।

इलाका प्रहरी कार्यालय चैनपुरले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी संखुवासभा मादी नगरपालिका ५ घर भएका ३१ वर्षी ज्ञानबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।मोक्तानले सोही नगरपालिकाकी एक ३६ वर्षीय महिलाको १८ मंसिर २०७७ मा बलात्कार गरेका थिए । श्रीमान काममा बाहिर गएका समय एकान्तमा रहेको घरमा एक्लै रहेकी महिला देखेपछि मोक्तानले करणी गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाले घटना भएको ४ दिनपछि उनका परिवारको सहयोगमा प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार एउटै नगरपालिका भएपनि पीडित र पीडिकको घर केही दुरीमा रहेको बताए । उनले महिला चारदिनपछि प्रहरीमा आउँदा उनको शरिरमा घाउचोटहरु थिए ।


प्रहरीले मोक्तानलाई सोमबार इलाका प्रहरी कार्यालय चैनपुर मातहत रहेको प्रहरी चौकी मादी राम्बेनीबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । उनी बिरुद्ध अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..