असइ भर्नामा आरक्षण कोटामा माग भन्दा कम उत्तिर्ण

काठमाडौं । नेपाल प्रहरीको सहायक निरीक्षक(असइ) पदको लिखित परीक्षामा समाबेशी कोटा अन्र्तगत माग भन्दा थोरै मात्र उत्तिर्ण भएका छन् । महिला, मधेसी, दलित र अमर/अशक्त प्रहरी परिवारको लागि छुट्याइएको कोटामा माग भन्दा कम उत्तिर्ण भएका हुन् ।

बिहीबार सार्वजनिक गरिएको लिखित परीक्षाको नतिजाअनुसार ४१ पदमा माग भन्दा कम उत्तिर्ण भएका छन् । महिलाको लगि ५१ पद आरक्षण रहेकोमा ४२ जना मात्र लिखित परीक्षामा उत्तिर्ण भएका छन् । त्यस्तै, मधेसीका लागि आरक्षण गरिएको ७२ कोटामा ५३ जना, दलिततर्फको ३९ पदमा ३४ जना र अमर÷असक्त प्रहरी परिवारको १२ जनाको कोटामा चार जना मात्र उत्तिर्ण भएका हुन् ।

समावेशी कोटामा मागभन्दा कम भर्ना भएको पद खुलातर्फ जोडेर भर्ना प्रक्रिया अघि बढाइएको छ ।
असइका लागि पाँच सय ८४ पदमा भर्नाका लागि लिखित परीक्षा लिएको थियो । परीक्षा लोक सेवा आयोगले सञ्चालन गरेको थियो ।

प्रहरी भर्नाको परीक्षा पूर्ण रुपमा लोक सेवा आयोगले लिन थालेपछि कतिपय पदमा माग भन्दा कम उत्तिर्ण हुने गरेका छन् । लोक सेवा आयोगले बनाएको पाठ्यक्रम कठिन भएको भन्दै विगतमा पटक पटक संशोधन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..