प्रहरीका पाँच एआईजीहरुको सरुवा उपत्यका प्रहरी प्रमुखमा कार्की

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा भएका सहकुलबहादुर थापाको पदस्थापनसँगै अन्यको सरुवा गरेको हो ।


प्रहरी प्रधान कार्यालय, नक्सालका स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल कार्य विभागमा पठाइएका छन् ।
प्रहरी महानिरीक्षक शैलेश थापाले एक वर्ष नभइ प्रहरी प्रमुखहरुको सरुवा नगर्ने आचारसंहिता बनाएका थिए । त्यसविपरित पालको ७ महिनामै सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयको अरुचिका बीच बालुवाटारको दबाबमा उनको सरुवा भएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् ।

पालको ठाउँमा उनका ब्याची प्रद्युम्न कार्की आएका छन् । हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत कार्की प्रहरीभित्रका व्यवसायिक अधिकृत मानिन्छन् ।
प्रशासन विभागका निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागको जिम्मा दिइएको छ । अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएका छन् ।

बिहीबारकै बैठकबाट एआईजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सरूवा गरिएको छ । हालका आईजीपी थापाको अवकाशपछि विश्वराज र सहकुलमध्ये एक जना प्रहरी नेतृत्वमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..