दुईजना फरार प्रतिवादी पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योगमा फरार दुईजनालाई हेटौडाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेटौंडा पमहानगरपालिका १२ बस्‍ने २७ वर्षीय मिथुन तितुङ र हेटौंडा पमहानगरपालिका 9 बस्‍ने ४७ वर्षीय कमल पराजुली रहेका छन् ।

मिथुन थिङलाई मकवानपुर जिल्ला अदालत हेटौडाले २०७७ साल माघ २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सजाय सुनाएको थियो भने पराजुलीलाई मकवानपुर जिल्ला अदालत हेटौडाले सवारी ज्यान मुद्दामा ९ दिन कैद २ हजार जरिवाना सुनाएको थियो ।

आफ्नै गाउँघरमा लुकीछिपी बस्‍दै आएका मिथुन तितुङलाई आइतबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइ कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाइएको छ भने कमल पराजुलीलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..